मत्ती रचित
सुसमाचारको सारांश
मत्तीलाई लेभीको अर्थमा परमेश्वरको उपहार पनि भनिन्छ ।
उनले कर असुल गर्ने मानिस थिए । मर्कुस जस्तै मत्ती पनि २ भागमा बाडिएको छ । येशू २.५ वर्षमा उत्तरी भुभागमा र ६ महिना यहुदाको दक्षिणी भागमा क्रुसको यात्रा
तिर जानुभयो । पत्रुसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर थाहा पाए त्यसैले यो दुई
ओटा समय खण्डलाई महत्वपुर्ण तरिकाले लिन सकिन्छ ।
मत्ती येशूका चेलाहरु मध्यका एउटा चेला हुन्, उनले येशूलाई यहुदीका राजाको रुपमा देखे, जसले अगमबक्ताहरुको अगमवाणीहरुलाई पुरा गर्दछ । दाउदको
राजगद्यीमा ६०० वर्ष देखि कोहि थिएन र यहाँ ठिक राजा आउनुभएको थियो ! मत्तीले येशूको वंशावली, दाउदको राज घरना र परमेश्वरको संलग्नतालाई आफ्ना
पाठकहरुको ध्यानाकर्षण गराएका छन् । मत्तीले नयाँ विश्वसीहरु विशेष गरि यहुदी पृष्ठभुमीका
मानिसहरुको लागि यसलाई लेखेका छन् भन्ने कुरा हामीले बुझ्नु पर्दछ । मत्तीको को
समाप्ति जाउ र हरेक जातीका मानिसहरुलाई चेला बनाउ भन्ने सन्दर्भमा भएको छ र
यसलाई विभिन्न तालिमका पुस्तकहरुमा सुसमाचारको रुपमा येशूलाई कसरी पछ्याउने र येशूले
झै चेला बनाउने भन्ने कुरालाई उल्लेख गरिएको छ ।
येशूले जे बोल्नु भयो आफैले व्यवहारमा उतारेर सिकाउनु भएको कुरालाई
मानिसहरुले बुझेको चाहन्थ्ये । उनले आफ्नो सुसमाचार ५ खण्डमा बाडेका छन्, हरेक उहाँको वचनबाट सुरु हुन्छ र त्यो कुरा उहाँको वचन
उहाँको जीवन र कामबाट प्रदशित हुँदछ ।
उदाहरणको लागि
१ वचन अध्याय ५–७
कर्म अध्याय ८–९
२ वचन अध्याय १०
कर्म अध्याय ११–१२
३ वचन अध्याय १३
कर्म अध्याय १४ –१५
४ वचन अध्याय १८
कर्म अध्याय १९–२३
५ वचन अध्याय २४–२५
कर्म उहाँको मृतू र पुनरउथ्थान बाट भयो ।
सबै ५ खण्डहरु राज्यका विषयवस्तुहरु हुन् ।
येशूले के गर्नुभयो भन्ने कुरा सुन्न र हेर्नलाई मत्तीले निमन्त्रणा दिएका
छन् ।
मत्तीले येशू पक्रिनु भएको, येशूलाई प्रमाणित गरेको, निर्दोश भएको र धर्मशास्त्र पुराभएको कुरालाई वृस्तिृत रुपमा बताउन खोजेका
छन् ।
शरिर चोरिएको कुरा चिहान र त्यहाँ राखिएका पहरेदारको भनाईलाई लाई मत्तीले
उल्लेख गरेका छन् ।
उनले येशूको मृत्यू पछिको विवरण पनि वताएका छन् कि चिहान खुल्ला रहेको र
शहरका मानिसहरुले यी मानिसहरुलाई देखेको कुरा पनि बताएका छन् । मत्तीले येशू वौरी
उठ्नु भएपछि गर्नु भएका कुराहरुलाई प्रष्ट रुपमा बताएका छन् ।
उनले विशेष सतर्कताका साथ यो पुस्तक येशूको वंशावलीबाट सुरु गरे किनभने
उनका पाठक भनेका यहुदीहरु थिए जसले मानिसलाई वंशावलीको माध्यमबाट मात्र चिन्दथ्ये
। वंशावलीलाई १४को ३ ओटा समुहरुमा दिइएको छ,
अब्राहमा देखि दाउद सम्म,
दाउद देखि निर्वाशन सम्म,
निर्वासन देखि येशूसम्म ।
मत्तीले देखाउछन् कि येशूको वंशावली दाउदबाट को हो । (हिबु्रमा नामको अर्थ
संख्यासँग हुन्छ दाउद भन्ने शब्दले १४ सम्म भन्ने अर्थ आउँछ ।)
मत्तीले येशूको वंशावलीलाई जोशेफसँग पनि जोडेका छन् यद्यपी उहाँ उसको
शारीरिक छोरा होइन तर यो कानुनी रुपमा अधिकार रहने भएकाले यसले अर्थ राख्दछ ।
यदि यहुदिले ध्यान पुर्वक वाइवल पढे भने तिनीहरुले योशेफका पुर्खाको वारेमा
जान्नेछन्, येहोइचाइमबाट
परमेश्वरले श्राप दिनुभएको थियो कि तिनीहरुलो दाउदको राजगद्यीमा उचित
उत्ताराधिकारी पाउने छैनन् । यसरी मत्तीले येशू दाउदको छोरा भएको कुरा व्यवस्था
अनुसार दावी गरे । मत्तीले परमेश्वरको राज्य भन्नुको सट्टा स्वर्गको राज्य भनेर
वताए किनकि ठाडो नभई नम्र भएर बताउन चाहन्थ्ये यद्यपी यो यउटै कुरा थियो । उनले पुरानो करारबाट
धेरै पटक उद्दरण गरेका छन् , २९ पटक प्रत्यक्ष र १२१ पटक अप्रत्यक्ष सन्दर्भहरुद्धारा । सुसमाचार पुरानो
करारबाट नै सुरु भएको छ । त्यो शब्दावली यो अगमवक्ताहरुले वोलेको कुरा पुरा भयो...
भन्ने कुरा येशूको जन्मको विषयमा १३ पटक देखा परेको छ । धर्मशास्त्रले भने अनुसार
उहाँ बेहतलेहममा जन्मनु भयो ।
यहुदीहरुलाई क्रुशमा टागिएको मशिह सँग समस्या थियो, त्यसैले मत्तीले सम्पुर्ण किसिमले येशू निर्दोस हुनुहन्थ्यो भन्ने
कुरामा जोड दिएका छन् । उहाँलाई मार्नुमा यहुदीहरु धेरै दोषि थिए ।
उनले जोड दिएका छन् येशू व्यवस्था भंग गर्नलाई आउनुभएन उहाँ त व्यवस्था पुरा
गर्नलाई आउनु भयो । मत्तीले निकै कडा रुपमा यहुदिहरुलाई लेख्छन् कि त्यहाँ धेरै
जेन्टाइल विश्वासीहरु थिए जसका लागि पनि विश्वास गर्न ढोका अझै खुल्लै थियो, र तिनीहरुले व्यवस्थालाई त्याग्नु पर्दैन्थ्यो नत येहुदी
ख्रीष्टियनहरुले नै आफ्नो यहुदी संस्कारलाई विर्सनु पर्दथ्यो । सुसमाचार चाँही नत
व्यवस्थालाई त्याग्ने हो न यहुदी संस्कारलाई त्याग्ने वरु दुवैलाई सँगसँगै लैजाने
हो ।
येशूले हामीलाई दिएको आज्ञा तथा उहाँको शिक्षा बुझ्न २८;१८–२०को सभाले हामीलाई सहायता गर्दछ । कसरी आज्ञा पालन
गर्ने भन्ने कुरा, पृथ्विमा
स्वर्गिय राज्यमा झै कसरी जीवन जीउने भन्ने कुरा सिकाउँछ ।
मत्तीमात्र केवल एउटा सुसमाचार लेखक हुन् पहिलो पटक चर्च भनेर प्रयोग गर्ने
जब पहिलो पटक पत्रुसले येशूको हुनुहुन्छ भनेर बताए । यहाँ चर्चलाई एउटा
विश्वव्यापी अर्थमा हेरीएको छ । सुसमाचारको मुख्य क्षणहरुमा येशू को हुनुहुन्छ र
के उहाँले मन्दिर पुननिर्माण गर्नुसक्नुहुन्छ भन्ने कुरा मानिसहरुले महसुस गर्न
सके । र के चर्च निर्माणको काम सुरु गरिसकेपछि उहाँ क्रुशमा मर्नुहुन्छ ।
र त्यसपछि १८ अध्यायमा जव तिम्रो भाईले तिम्रो विरुद्धमा पाप गर्छ तिमीले
के गर्दछौँ । राज्य
चाँहि येशूको झै मत्तीको पनि एउटा रुचीको विषय थियो । यो महत्वपुर्ण छ किनकि यहुदीहरुले राज्यलाई भविश्यको कुराको रुप्मा
लिन्थ्ये जुन आउँनेवाला थियो । प्रत्येकवर्ष सेप्टेम्वर÷अक्टुवरको महिनामा मसिह स्वर्गवाट पृथ्विमा आउने पर्खाईमा पवित्रस्थानमा
भोजको आयोजना गर्दथ्ये । अहिलेको समय भनेको दुष्ट समय हो किनकि यस समयमा शैतानले
राज्य गरेको छ । तर ख्रीष्यिनहरुले विश्वास गर्दछन् कि मसिह अघिनै आईसक्नु भएको छ
र फेरि आउनु हुनेछ । राज्यको रहस्यमा येशू स्वयम्ले यो कुरा दुईपटक प्रकट
गर्नुभएको छ । यसकारण राज्य आइसकेको छ तर पुर्ण रुपमा होइन । यसलाई अझै घोषण
गरिसकिएको छैन ताकि अहिले पनि यसमा मानिसहरु प्रवेश गर्न सक्दछन् ।
मत्तीले राजा र राज्यलाको अवधारणालाई सन्तुलित गर्न ‘पिता’ भन्ने शब्दको ४४ पटक प्रयोग गरेका छन् । परमेश्वर हाम्रो राजा हुनुहुन्छ तर
उहाँलाई हामी अव्वा पिता भन्न सक्छौँ ! ! ! यसकारण हामी छोराहरु हौँ र उहाँका
प्रजा पनि हौँ । यसकारण उहाँसँग को यो फाइलिल सम्वन्ध लाई विर्सेर आज्ञाकारिता÷काम बाट मुक्ति छैन । व्यवस्थामान्नेका लागि यो महान
कुरा हो । मत्तीको
पाँच खण्डहरु एउटा विषयस्तुमा आधारित छन् । अहिले राज्यमा तिमी कसरी जीउँछौँ ।
१. खण्ड ५–७ = राज्यको जीवनशैली ।
डाँडाको सन्देशले विश्वासीहरुले अहिले कसरी जीवन जीउनुपर्दछ भनेर वताउँछ
जुन अविश्वासीहरुको भन्दा फरक हुन्छ । येशूले नयाँ किसिमको व्यक्तिको परिवर्तीत
व्यक्तिको वारेमा वताउनुभएको छ । हामी यसप्रकारको जीवनका निम्ति बचाइएका हौँ
यत्तिकैमा होइन ।
२. खण्ड ९; ३५–१०;४२ = राज्यको लक्ष्य ।
यसैले जब व्यक्ति राज्यमा प्रवेश गर्दछ,
उ जानु पर्दछ र अरुलाई पनि यसमा ल्याउँनु पर्दछ ।
त्यसपछि भौतिक रुपमा सेवाकाईमा उत्रेर यसको वास्तविकतालाई प्रदशित गर्नुपर्दछ ।
उहाँको राज्यमा वचनलाई व्यवहारले पछ्याउनुपर्दछ ।
३. खण्ड १३;१–५२ = राज्यको बृद्धि ।
प्रतिज्ञा–चारमा
तीन विउहरु निश्किय भने पनि पिर नगर ।
गहुँ र भुस सँगै हुनेछ तर परमेश्वरले गहुँ वाट भुस छुट्याउनुहुनेछ ।
रायोको दानोले ठुलो वृद्धिको वारेमा भन्छ । मोतीले उहाँको राज्यलाई कसरी
मूल्य दिने र त्यसको लागि सबै गुमाउन तयार रहने भन्ने कुरालाई इंग्गित गर्दछ ।
नेटले हामीलाई खरावहरुदेखि चिन्ता नर्गन शिक्षा दिन्छ । अन्तिमदिन सम्म प्रतिक्षा
गर र उनिहरुलाई अहिल्यै अलग नगर भनि वताउँछ ।
४. खण्ड १८;१–३५ = राज्यको समुदाय ।
यो स्थानिय चर्चसँगको सम्बन्धमा आधारित छ ।
५. खण्ड २४–२५
= राज्यको भविश्य ।
येशूले आफ्नो दोस्रो आगमनको सुचना मानिसहरुलाई दिनुभयो । र कसरी हामी
उहाँको दोस्रो आगमनको तयारीमा वस्ने भन्ने पनि देखाउनुभयो ।
मत्तीका ३ थप विषयहरु ।
क) विश्वास ।
पिताका छोरा÷छोराछोरीहरु
विश्वासद्धारा जीउँछन् । यसको सुरुवात छ र विश्वासमा भएर जानु पर्दछ । यो विश्वासको
निरन्तरता हो यदि मानिसले सोधे भने उहाँले तिनीहरुलाई के तिमीले विश्वास गर्दछौँ
वा के म यो गर्न सक्छु...?
ख) धार्मिकता ।
केवल मत्तीले यसलार्य सुसमाचारमा विस्तार गर्दछन् । त्यसकारण तिमीले पहिला
विश्वास गर्नुहुन्छ, त्यसपछि
धार्मिकता सम्भव छ । तिमीले यसका लागि विश्वास गर्नुपर्दछ । येशूले बाबु र दुई
छोराहरुको दृष्टान्तमा आफ्नो अंगुर वगैँचामा काम गर्नलाई भन्दछ । एउटा भन्छ हुन्छ
तर जादैन, अर्कोले हुदैन भन्छ तर
जान्छ । त्यसैले हामीले आज्ञाकारीता हुनुपर्दछ,
तर यदि हामी झुटो बोल्दछौँ भने हामी आज्ञाकारी होइनौँ ।
यहि तरिकाले येशूले बप्तिस्मा लिनुभयो किनभने परमेश्वरले यो भन्नुभयो ।
हामी धार्मीकताका निम्ति मुक्ति पाएका छौँ
।
यदि एउटा अविश्वासीले मत्ती पढ्दछ भने एउट ख्रीष्टियन हुनु भने को असल
बन्नु हो भनेर बुझ्दछ । तर यो कुरा उ ख्रीष्यिन भएपछि मात्र साँचो रुपमा लागु
हुदँछ ।
ग) न्याय ।
येशूले न्याय÷नर्कका
विषयमा सिकाउनु भएको छ, र दुईजना बाहेक सबैलाई फरिसिलाई दिनुभएको छ ! कुनै अविश्वासीहरुलाई होइन !
मत्तीले चेलाहरुलाई आत्मसन्तुष्टिको विरुद्धमा चेतावनी दिदँछन् येशूसँगको सुरुवात
मात्र नभएर नर्कको डरमा समेत रहेको खण्डमा जीवनमा सहि मार्गमा हिड्न सहायता
पुग्दछ ।
जब येशूले शरीर नष्ट गर्ने देखि नडराउन तर परमेश्वर जसले शरिर र आत्मा
दुवैलाई नर्कमा नष्ट गर्नुहुन्छ उहाँसँग डराउन पर्दछ । उहाँले सुसमाचार वाहकहरुलाई
नर्कको डरको वारेमा पनि बताउनु पर्दछ, र मात्र परमेश्वरको भयमा रहेर काम गरेको ठहरिन्छ ।
मत्ती चेलाहरुको लागि एक गम्भिर व्यक्ति थिए, हामीलाई गम्भिर बन्ने
पनि शिक्षा दिए, त्यसका लागि दवाव दिन, विश्वासमा भएर अगाडी बढ्न,
र हरेक तवरले येशूमा अगाडी बढ्नु पर्ने हुन्छ ।
रोचक छ ! हामीले वचन र व्यवहारमा सन्तुलित हुनुपर्दछ । अर्थ, येशूको रुपमा जब तपाईले केहि सिक्नुहुन्छ, तपाईले निरन्तररुपमा नयाँ कुरा सिक्नु भन्दा पहिले
त्यसलाई व्यवहारमा उतार्नुपर्दछ । येशूले आफ्नो शिक्षा आफ्ना आश्चर्य कर्म र कामको
सन्दर्भमा बताउनु भयो ।
मत्तीले येशूले हाम्रोलागि के गर्नुभयो भन्ने कुराको सारांश दिएका छन् र
अहिले हामीले येशूको निम्ति के गर्नुपर्दछ भनेर वताएका छन् ।
No comments:
Post a Comment