मानिसलाई “विकास” एंव “रुपान्तरण” को सहज
परिभाषा विशेषत हामी नेपालीहरुलाई मन पर्दैन । मलाई लाग्छ, कति पटक हामीले परिभाषा बुझेपनि
त्यसलाई भन्न एंव व्यवहारमा उतार्न अफ्ठ्यारो मान्दछौं । त्यसको सबैकारणहरु यस बलगमा
नलेखौं होला । यद्दपी वास्तविकता भन्न हिम्मत गर्न नसकेता पनि तपाईले महशुस भने गरिसक्नु भयोहोला । “विकास” र “परिवर्तन” लाई हामी दुई-चार वटा विकासे भाषा बोल्ने र अभ्यास गरे
जस्तो गर्ने (शब्दहरुको लिस्ट तस्विरमा हेर्न सकिन्छ) हरुले नेपाललाई सदैव पर-आश्रय
बनाई नै रहनेछ ।
केहि वास्तविकताः
१. एक पटक जुम्लामा एक प्रतिष्ठित संस्थाको हाकिमसँग भलाकुसरी
गरिरहेको थिए । मेरो भ्रमणको समयमा जुम्लामा हरियालीले छाएको थियो । उहाँले यसरी भन्नु भयो, “जनक जी,
डोनरलाई त सुख्खा मौसममा नै जुम्ला भिजिट गराऊनुपर्छ है । अनि मात्र सहायता भित्रिन्छ। यो समयमा त जुम्ला युरोप जस्तो पो देखिन्छ । खैरेहरुले
डोनेशन गर्नै मान्दैनन्”। यस्तो छ नेपालको
विकास र नपालको योजना निर्माणका रणनितीहरु । हाम्रा कामहरु २० प्रतिशत हुन्छन, तर
हाम्रा योजना, प्रशासन, जनशक्तिको खर्च ८० प्रतिशत हुन्छन् । हामिलाई विकास र
परिवर्तन भन्दा पनि कसरी जागिर गर्ने भन्ने मनस्थितीले घोचिरहेको हुन्छ ।
२. आजभोली म एन.जी.वो, आईं एन. जी. वो. का मानिसहरुलाई
अंग्रेजी भाषा सिकाउने काम गर्दछु । उनीहरुको भाषामा मैले उतारे – “ सर,
पैसा त कति छ कति, तर के गर्ने, योजना नै कम गरेका छौं । पैसा कमाउन त
संघ-संस्थामा नै जागिर गर्नुपर्छ । उनीहरुलाई संस्थाको पैसा खर्च गर्न
भ्याई-नभ्याई भएको छ ।
यदि पैसाकै चलखेल नभए किन १ खर्ब २
अर्ब लुकाउनु परेको? विचारा डोर बहादुर बिष्ट यहि भईदिए केहि भन्थे कि? समग्रमा
भन्नुपर्दा “विकास” र “परिवर्तन” त हाम्रो मन र मगजमा हुनुपर्ने होईन र ! यदी हामीलाई लाग्छ
कि मेरा आफन्तहरु भोकै छन् भने मेरो मनले कसरि एकलै खान सक्ला ! यदी मलाई लाग्छ
मेरा मानिसहरु असाक्षर छन् भने कसरि म उनीहरुलाई क, ख नसिकाउला । यदी मलाई लाग्छ
मेरो गाउँ सफा छैन भने, कसरी म फोहर हेरर बसुला । यसको लागी पनि हामीहरुले
विदेशीलाई ताकेर हामीले पढेको डिग्रीलाई ‘मेरो’ निम्ति बेचिदिने ? तसर्थ विकासको
निम्ति विदेशि सहयोग होईन पहिला हृद्य
परिवर्तनको खाँचो पर्दछ । केहि दिन पहिला मैले एउटा फिल्मको रिभ्यु पढेको
थियो । त्सको शिर्षक थियो – “Nothing Going On- NGO” । यो हो युगान्डाको वास्तविकता । टेभो र जिजेकु ले
मुजाङ्गु ( विदेशि युवति) हरुसँगको भेटघाट
र ती महिलाले देखाएको सहयोग अनि टभो र जिजेकुको 'आशाको निम्ति मकै' संस्थाको उद्देश्यले वास्तविकता नै झल्काएको छ । आज पनि युगाण्डामा ९,०००-१२,००० सम्म
संघसंस्थाहरु छन् तर देशको रुपान्तरणमा केहि परिवर्तन छैन । यदि एउटा संस्था असफल भयो
भने, अर्को ठाउमा गएर प्रपोजलमा नयाँ र विकासे शब्दहुरू लेखेर फेरि डोनेशन ल्याउने
क्रम भईरहन्छ । टेभो र जेजिकु र त्यसका हाकिम मिस्टर हेनकेउको जागिर भईरहन्छ
यद्दपि मानिसमा कुन परिवर्तन नआओस् । नेपालको
अवस्था पनि अफ्रिकाको झै छ । वास्तविकता
थाहा नपाएर दातृ संस्थाहरु विकासे भाषा बोकेर लागि परेका छन् तर त्यहाँको अवस्था
जस्ताको तस्तै (केहि मुलुक बाहेक) । अझ त्याहाँको विकाका नुमुना नेपालमा ल्याएर काठमाडौका
होटेलमा विकासे तालिम र ओरेन्टशन दिईन्छ
। ए, विकासे दाई, भनिदेुउ न के भा को हाम्रो देशलाई ?
No comments:
Post a Comment