यस बिषयमा केहि कुरा
लेखिन भने मैले आफ्नो विवकको विरुद्ध हिडेको ठहरिनेछ । धेरै प्रार्थानाका साथ मैले
परमेश्वरको वचनको अधिकार र पवित्र आत्माको अगुवाईमा केहि शब्द कोर्न चाहन्छु ।
मेरो प्रार्थना यहि रहनेछ कि प्रभु कसैलाई खुशि पार्न वा कसैलाई दुखि पार्न नभई
तपाईको राज्यमा मानिसहरुले सत्यतालाई अगाल्न सकुन् भन्ने मरो अर्जबिन्ति रहनेछ ।
१. दशांसको शिक्षा बुझ्नका निम्ति पुरानो करारको
सन्दर्भ र इस्रायलिहरुको व्यवस्थालाई गहिरिएर बुझ्नु आवश्यक छ । दशांस के हो?
पुरानो करारको बेला यो के का निम्ति दिईन्थ्यो ? र नयाँ नियम यसलाई कसरि बुझ्नु
पर्ने हो? यी प्रश्नहुरु नियाल्नु अति आवश्यक छ । यो केवल ‘व्यास्थामा दिने’ हो कि
‘उदारचित्तले दिने’ हो यसको वृतान्त
अध्ययन गर्नु पर्ने हुन्छ? पावलले लेखेका पुस्तकहरुमा प्रायजसो यसको चर्चा पाईन्छ
। यसलाई कसरी मण्डलिमा बुझाउनु प्रर्ने हो
सो को जानकारी नभई यसको बारेमा प्रचार नगर्नु नै वेश । मैले सुनेको अधिकतर
प्रचारहरु त “देउ त तिमीलाई दिईनेछ” मा जोडिएका हुन्छन । अनि प्रचारकले भन्छन “म
यति प्रतिशन दिन्छु” , “उसले यति दिन्छ र उसले यति आशिष पायो” सँग जोडिएका हुन्छन
। कति स्थानमा त झन धेरै दशाँस दिनेहुरुको नाम पढेर अगाडि पुलपिटमा बोलाएर कति
दशांस दिनुभयो भनि भन्नका निम्ति अनुरोध गरिन्छ। यस्तो गतिविधि कहाँ बाट भित्रियो
? पक्कैपनि बाईबल बाट भने होईन ।
२. परमेश्वरको राज्यको काम मानिसले धन पैसा दिए
हुने, र नदिए नहुने भन्ने बिल्कुलै होईन तर सतहिमा हेर्दा हाम्रा गतिविधि र ध्यान
परमेश्वरको वचनको व्याख्या र ऊहाँको अनुग्रहको प्रचार भन्दा पनि हाम्रा आफ्नै
प्रावधिक विषयवस्तु हरुमा हुने गर्दछ । पुरानो करारको यो आ म कदापि परमेश्वरको
राज्यमा दिने भन्ने कुराको विरोधि होईन । हो म यो सिद्धान्तमा अडिक हुन चाहन्छु को
परमेश्वरलाई दिने कुरा बाईबलमा भने बमोजिम
गुप्तमा दिने कुरा हो। यो कसैलाई स्पिकरमा सुनाईरहुनु पर्ने विषय नै होइन । यदि
पारदर्शिताको कुरा नै हो भने, हाम्रो मण्डलिमा उठेको रकमको विवरण त खातामा अवश्य
नै हुन्छ र कसैलाई यसको खोजिनिती चाहियो भने खाता हेर्न सक्छन् । यदी स्थानिय
सरकारलाई यसको विवरण चाहियो भने, हरेक महिनाको विवरण दिनसकिन्छ, नाकी कसले कति
दियो भनि होईन । यदी नामै लेखेर दिएपनि कृपया स्पिकरमा सुनाउनुका लागि कदापि होईन,
चाहे ६ लाख रूपैया दशांस होस चाहे ६ रूपैया दशांस होस् ।
३. प्रेरितको कितावमा ‘लिनु भन्दा दिनु उत्तम हो’
भनिरहदा स्वामि विवेकानन्दको भनाईलाई मण्डलिमा वचनको विषय बनाईनु उचित थिएन ।
विवेकानन्द आफैमा भद्र व्यक्ति हुन् र उनको महानतालाई नकार्न पक्कैपनि सकिदैन तर
उनको ईतिहास र पाश्चात्य मुलुकमा उनको कार्यलाई हेर्ने हो भने कसरी पुलपिटबाट उनको
भनाईको व्याख्या ? त्यो त परमेश्वरको
वचनले पाउनु पर्ने होईन र ? गजब छ बा!
No comments:
Post a Comment