Friday, February 2, 2018

सत्यता र परिवर्तनको चाबि

५०० वर्ष पहिला मेरो देश नेपाल एंव दक्षिण एशिया आर्थिकरुपमा युरोप भन्दा अगाडी थियो।   त्यसपछि अचानक केहि देशहरुले हामीहरुलाइ विकास र प्रगतीमा उछिन्न थाले ।  धेरै पनि भएको छैन, आज भन्दा २०० वर्ष पहिला नेपालको अर्थतन्त्र अति नै मजबुत थियो। नेपालि १० रुपैया बाराबर १ ब्रिटिस पाउण्ड हुन्थ्यो । सन १८५१ तिर जंग बहादुर राणा बेलायत गएकाबेला उनले त्यहांको राज्यलाई १०,००० डलर बराबरको सम्पतिको सहायता गरेको पाईन्छ । तर वर्तमान भिन्न भईसकेको छ।  के भयो होला त ? यसो हेर्दा आर्थिकी विकास र भौतिकी पुर्वाधारलाइ नै पश्चिमीदेशहरुको सफलता सँग जोडिन्छ । हो त्यसको पनि ठुलो भुमिका छ । तथापी जति नै अध्ययन र अनुसन्धान गरेपनि पश्चिमी मुलुकको विकास र उन्नतीको निम्ति प्रोस्टेन्ट मिशनको प्रभावलाई पक्कै पनि नकार्न सकीदैन । अर्थशास्त्र धेरैका निम्ति यति जटिल विषय भईसकेको छ कि कतिमानिसहरुले पश्चिमी देशको सफलताको साधारण चावि पनि पत्ता लगाऊन सकिरहेका छैनन। आज म तपाईहरुलाई त्यहाँका प्रगतीको चावि को हो र के हो भनि परीचय गराउन चाहन्छु र त्या चावीको नाम हो – क्याथिरीन लुथर । क्याथिरन लुथर रोमन क्याथिलिक चर्चको नन बन्न छाडेर मार्टिन लुथरसँग विवाह सम्बन्धमा गासिन पुगेकी थिइन । क्याथिरीन लुथरले आफनो देशमा ल्याएको रुपान्तरणको विषयकारुप समाजशास्त्री म्याक्स वेवरले आफ्नो पुस्तक प्रोटेस्टेन्ट इथिक्कस र युरोपमा आर्थिकरुप क्रान्तीका विषयमा समेत छलफल गरेका छन् । भर्खरै विवाहमा बाधिएका भिक्षु– मार्टिन र नन– क्याथरिनसँग आफनो घर किन्नका निम्ति रुपैया पैसा थिएन । त्यसैले त्यहाको स्थानिय राज–कुमार जो एक विश्वविधालयका संचालकपनि थिए। उनले लुथर परिवार रहनका निम्ति एउटा खाली मोनास्ट्री प्रदान गरे । मोनास्ट्री भनेको रोमन क्याथोलिक सन्त एंव ननहरु बस्ने घर हो । र त्यहि विश्वविधालयमा मार्टिन लुथरले एक शिक्षाकको रुपमा काम गर्न थाले । एक प्राफेसरको तनखामा तेत्रो ठुलो मोनास्ट्री चलाउन पक्कै पनि लुथर परीवारको निम्ति सजीलो थिएन । हामी सबैले सोच्नै पर्ने विषय  हो । तर क्याथिरन लुथरले के त्यस्तो चमत्कार गरीन र आज हामी प्रोटेस्टेन्ट इतिहास र त्यसको शिक्षालाई आज पनि याद गरीरहेका छौ ।आऊनुहोस एकछिन उनको कदमहरुलाई हेराै ।  

क्याथिरले यो घरलाई विश्वविधालयको विधार्थीहरुका निम्ति होस्टेला खोलीन जहाँ विधार्थीहरु पैसा तिरीकन वस्न सक्थे । अब यसो गर्दा उनले हरेक दिन ३० देखी ४० जना विधार्थीहरुको खानपानको व्यवस्था गर्नुपर्ने हुन्थ्यो । कसरी यत्रो जनमासलाई खुवाउन सकिन्छ त  क्याथिरनले यसका निम्ति आफै नै तरकारी र फलफुल उत्पादन गर्न थालिन । त्यसपछि उनले आफनो घरमा नै गाइभैसि उत्पादन गर्न थालिन । त्यसबाट जम्मा भएको पैसाले अरु ठाँऊमा जमिन किन्नका निम्ति प्रयोगमा आयो । तिनले किनेको एउटा जमिनको भागमा सानो नाला पर्दथ्यो र क्याथिरनले त्यो नालालाई माछा पोखरीमा परीणत गरीन । तपाईलाई थाहा छ सन १५४२ मा आइपुग्दा विटनवर्ग शहरमा  मार्टिन लुथरको जग्गा जमिन अरु नागरीकहरु भन्दा कयौ गुणा ज्यादा थियो । जमिन किन्ने वित्तीकै क्याथिरीनले त्यसबाट उत्पादनगर्न पनि शुरुवात गरीन । फार्मको काम गर्नका निम्ति घरको आवश्यक पथ्र्यो किनकी फार्ममा कामगर्ने कामदारहरुले वस्नुपर्ने हुन्थयो । त्यसबेला विटनवर्ग शहरमा सफा पिउने पानीको सुविधा थिएन । त्यसका निम्ति क्याथिरीनले एउटा उधोग पनि खोलिन र जसको उत्पादन अहिले पनि हुने गर्छ । मार्टिन लुथरले बाईबलबाट काम गर्ने शैलिको  विकास गरे र त्यहि शैलि उनले आफनो विधार्र्थीहरुलाई सिकाउथे । यदि मार्टिन लुथरले पनि बुद्धलाई आफ्नो जीवनको शैलि बनाएको भए उनी पनि एक धार्मिक सन्यासी झै आफ्नो भोजन उपार्जन गर्नुको सट्टा भिख माग्दै हिडथेहोलान । तर लुथरले त्यसो गरेनन् बरु उनले बाइबलकोे शिक्षालाई अवलम्बन गरे । बाईबलले अल्छिपनलाई पाप झै निन्दा गर्दछ । परमेश्वरको आज्ञा “लोभ नगर्नु“ भन्नुको मतलव मानीसहरुले धनपैसाको उत्पादन गर्नू भन्ने बुझिन्छ । आठौ आज्ञा “चोरी नगर्नु“ को अर्थ हरेक व्यक्तिलाई उसको सम्पतिको पुर्ण अधिकार छ भन्ने बुझिन्छ । जसरी राज्यको जिम्मेवारी नागरीकहरुको सम्पतिको जगेर्ना गर्नू हो भने त्यसरी नै परीवार र मण्डलीको जिम्मेवारी त्यस्तो नागरीक समुदाय सृजना गर्नु हो । जसले आफ्ना छिमेकीको सम्पतिहरु लालसा गर्दैनन् र चोरी गर्दैनन् । नेपालको धरातल हेर्न हो भने विश्वको अति नै सुन्दर र धनी श्रोतको रुपमा चिनीन्छ । धेरै राजनैतिक व्यक्ति एंव नेताहरुको मुखबाट हामीहरु सुनिसकेका छौ कि “नेपाललाई स्वीटजरल्याण्ड” बनाउने भन्ने कुरा । यहाँको जमीन र वातावरण यस्तो छ कि वास्तवमा यो युरोप जस्तै नै छ । यो देशका बासिन्दाहरुको निम्ति प्रयाप्त सम्पती उब्जाएर पनि विदेशमा निर्यात गर्न सकिने वातारवरण छ । तर वास्तविकता भिन्नै छ । हामीले काम गर्न सिकेनौ बरु यहाँको सुन्दरताको सदुपयोग गर्नुको सट्टा त्यहि सुन्दरतालाई पुज्नमा नै व्यस्त भयौ । एउटै मानिस भएर पनि हामी यो जात र त्यो जात भनि बिभाजन गरयौ । परमेश्वरको सून्दर तरिकाले सृजनुभएको स्त्रीजातलाई कयौ स्थानमा हामी इजयत र सम्मान दिन सकेनौ र छौपडी प्रथामा हामीले उनीहरुलाई मर्नको निम्ति धकेलिदियौ । यो देशका जनशक्ति आज पनि खाडी मुलुकमा वैदेशिक रोजगारमा विलायन भएकोमा हामी खुशि देखिन्छौ । यसले हामीलाई पिरोलीरहेको छैन् । कतिपटक हामी मण्डलीहरुले पनि यो त हाम्रो चासोको विषय नै होईन भने झै व्यवाहार गर्छौ । दिदीबहिनीहरु आरामसँग हाम्रो गाउमा घुम्न नसक्ने अवस्था हामीले बनाएका छौ । उनीहरु असुरक्षित महशुस गर्छन । यदी क्याथरिन सोभियत युनियनमा हुन्थिन भने उनीलाई जमीन किनेर त्यसको विकासगर्ने कुनै हौसला हुने थिएन । नास्तिकवादले परमेश्वरको्र”‘चोरी नगर्नु“ भन्ने आज्ञा मान्न स्वीकार गरेन । यसले हामीलाई अरुको सम्पती हडप्न अनुमति दिन्छ । क्याथिरले होस्टलका विधार्थीलाई खाना खुवाउने भन्दा ज्यादा काम गर्थिन । हरेक दिन उनले आफनो श्रीमान जसले जर्मनीको आत्मीक भविष्य र वौद्धिक अगुवाहरुलाई हुर्काउने कार्य गर्थे  सहयता गर्थिन । जर्मन पास्टर र अगुवाहरुसँग बाईबलीय शिक्षामा आधारीत “व्यावसायको अर्थशास्त्र” बाडिन । जसले कसरी आफुसँग भएको थोरै पैसाबाट धेरै उव्जाउन सकिन्छ भन्ने कुराको शिक्षा दिन्छ । बेलुकी खाना खानेबेला बिधार्थीहरुले उनका श्रीमानसँग प्रश्नहरु सोध्ने गर्थे र नोटहरु लिने गर्थे । यी छलफललाई उनीहरु आफनो दैनिक जीवनमा प्रयोग गर्नुका साथै आफनो परीवारको आर्थिकी जीवनमा लागु गर्दथे । जुन शिक्षाहरु “मार्टिन लुथरको शिक्षा” भनी प्रकाशित गरीउको छ । यसले नै विश्व विख्यात विद्धान म्याक्स वेबरले बुझ्न सके कि कसरी लुथरको बाइबलिय शिक्षाले युरोपमा आर्थिकरुप क्रान्ती ल्यायो त । परमेश्वरले हामीहरुलाई यो रहस्य बुझ्न सहायता गर्नुभएको होस् ।

(Note: the artile is based on Vishal Mangalwadi's youtube talk on 'Truth Matters' and it is bit contextualized so that nepali readers could get the point.  The most of the part is just a translation only. )

No comments: