प्रसङ्ग
ख्रीष्टमसको हो । हामी एउटा
गाऊँमा ख्रिष्टमस कार्यक्रम
मनाउने योजनामा थियौ । कार्यक्रम
विशेषत बालबालिकालाई लक्षित
गरीएको थियो । त्यसैले हामीले
पहिलो रातमा नै केक बनाउने
योजना गर्याै । सायद बालबालिकाले
केक मन पराउनेछन होला भनेर
रात अबेर भएपनि केक बनाइयो ।
बिहानै हामी केक बोकेर ख्रिष्टमस
कार्यक्रमको लागी हिड्यौ ।
केटाकेटीहरुले पक्कै केक मन
पराउलान भन्ने लागेको थियो
। हामीलाई डर थियो कतै केक
सबैलाई नपुग्ने हो की ?
तर
वास्तविकता त हाम्रो सोचभन्दा
भिन्न पो देख्न पाईयो । म
अचम्भित नै भए । केकको सट्टा
उनीहरुले आलु र मुलाको अचार
रुचाए । बचेको केक थप्न जादा,
बालबलिकाले
केक हाईन हामीलाई अचार दिनुहोस
भनिरहेका थिए । मलाई लाग्यो
सायद केक त्यति स्तरीय छैन
की । अह् त्यसो थिएन । केक त
स्वादिष्ट नै थियो । तर समस्या
के होला त । किन उनीहरुलाई केक
भन्दा राम्रो अचार लाग्यो त ?
मलाई
मेरो सोच र विचारमाथि नै प्रश्न
गर्न मन लागे । हामी मानीसहरु
आफ्नो विचार नै स्तरीय ठान्छौ
र त्यसै अनुसार मापन गर्दछौ
। तर वास्तविक क्षेत्र भने
भिन्न हुन्छ । उनीहरुको तरीका,
समझ,
आवश्यकता,
रुची
फरक हुनसक्छ । फरक भन्दैमा
अस्तरिय वा कमसल भनेको पक्कै
हौइन । उत्तिकै स्तरीय -अचार_
हुन्छ
जसरी मैले आफ्नो विचार -केक_
सोचेको
थिए । तर दुर्भाग्यवश हामीहरु
त केकरुपी विकास,
शिक्षा,
र तरिकामा
व्यस्त छौ, जबकी
जनता अचाररुपी ढाचा नै मन
पराउछन र त्यहि तरीकामा काम
गर्न खप्पिस छन् ।
No comments:
Post a Comment