हो, यो आवश्यक त अवश्य नै थियो । तर मैले बुझ्नै नसकेको पहेली अर्कै हो । मलाई सबैजना भेला भएर सभा गरेकोमा आपत्ति होेईन । यसमा त म खुशी र आनन्दित नै छु । सबैजना एकसाथ भेला भएर संगति गर्नु, प्रार्थना गर्नु जस्तो उत्तम के पो नै हुनसक्छ ! तर जुन तरीकाले मण्डलीको धन–दाैलत प्रयोगमा ल्याई गाउघरका ख्रिष्टयनहरुलाई बसमा िझकाएर विरेन्द्रनगरको खुलामन्चमा उतारीयो, त्यो सायद त्यति सान्दर्भिक र आवश्वयक थिएन कि भनेर मन चस्केको मात्रै हो । म यो सब लेख्दिन भनेको थियो । तर अह् , मरो नैतिकताले बाध्य बनायो । मेरो विवेकले मलाई चोट दिन लाग्यो र यि शब्दहरु कोर्न पुगे । यदी यो पढेर कसैको मन अलिकति पनि पिरोलिएमा म लेखको उदेश्य पुरा मान्नेछु' । किन ल्याउनु परेको गाउ गाउबाट मानिसहरुलाई बसमा ? त्यो त्यहि धन हो जुन एक विधुवाले विहानै ४ बजे उठेर बजारमा आई तरकारी बेचेर परमेश्वरको निम्ति भनेर चढाएकि थिइन । त्यो त्यहि धन हो जुन एकजना आन्टिले खोलाको ढिकमा गिट्टी कुटी−कुटी रोटी र नुन खाएर दंशास चढाएकि थिईन । आज हामीले सजीलै त्यो रकम ख्रिष्टयन भित्राउनका निम्ति बसमा प्रयोग गर्यैा । सायद त्यो बसको मालिक र ड्राइभरले हामीलाई अस्तिको नेताभन्दा कम पक्कै सम्झेन होलान । कसैकसै बाट सुन्नमा आयो कि यो एकताको प्रतिक हो रे ! हिजो एकजना विधालयको शिक्षक, जो मण्डलीको अगुवाको जिम्मेवारी पनि बहन गर्नुहुन्छ, उहाँले यसरी भन्दैहुनुहुन्थ्यो, “हामी ख्रिष्टयनहरुको पावर पनि देखाउनु पर्यो नि ।” मलाई मन रोएर आयो । अनि अर्को पास्टरले भन्नुभयो, “इसाइ समाजले निर्णय गरको छ त हामीले किन बाधा पुगाउने ।” यदि यस्तै सोच र विचार इतिहासमा मण्डलीसुधारकहरुले गरेको भए, आज हामी कहाँ हुन्थ्यौहोला ! कता– कता हामीले विचार र विवेकलाई कालो पर्दाले छोपीदिएका छौ । यसको परीणाम के होला, कसो होला भनि सोचविचार कहिल्यै गरेनौ । त्यो पनि अस्ति भर्खरै राजनैतिक चुनावमा विभिन्न पार्टिहरुले गरेको शैलिमा । फरक यतिमात्र थियो कि अस्ति नेताहरुले यो भएन,त्यो भएन भने तर आज हामी ख्रिष्टयनहरुले पनि यो अधिकार पुगेन, त्यो अधिकार पुगेन भनेर अनाैपचारिकरुपमा भए पनि चिच्चायौ । कसो राजनैतिक नेताहरुको सहभागिता भने देखिएन । त्यसैमा कानुनका ५० हजार र ५ वर्ष जेलका शब्दावलीहरुलाई एकआपसमा चर्चाको विषय बनायाै । सुरक्षाका निम्नि एक किसीमले भिख माग्यौ भन्दा फरक नपार्ला । मैले यी विषयप्रति चासो नदेखाउने भनेको कदापी होईन तर यो "विषय" उठाउने निहुमा प्रयोग गरीएका अस्त्रशस्त्रहरु पक्कैपनि एक इमान्दार, राष्टप्रेमी ख्रिष्टयनमा नहुनुपर्ने हो । तर दुर्भाग्यवंश हामीहरु त्यसैमा लिप्पीयौ । मैले कोट्याएको अस्त्रशस्त्र नै "पावर" र "मानिस िभत्राउने तरिकाहरु" हुन् । यसलाई अन्यथा नलिईअोस् ।
म बार बार भन्ने पनि गर्छु, नेपाली ख्रिष्टयन जगतले कहिले यो वास्तविकतालाई आत्मसात गर्ने ? कहिले धरातलमा उभिने र एकपटक सोचविचार गर्ने ? के गर्दा उचित हुन्छ, र के गर्दा समाजमा वितृष्णा एंव अराजकता फैलिन सक्छ भन्ने बारे कहिले मनन गर्ने ? हामी नेपालीहरु अरुको सिको गर्नमा सारै सिपालु । सायद काठमाण्डौको जुलुस देखेर हो की हामीपनि उत्तेजित भएको । मलाई एउटा विषयले सोच्न वाध्य तुल्यायो । जुलुसमा केहि भाई बहिनिहरु सान्ताकलाउजको पहिरनमा सडकमा उफ्रिरहेका थिए । लाग्थ्यो म त बर्लिन वा न्युयोर्कमा घुमिरहेको छु । अनि समाजले हामीलाई किन विदेशी धर्मका ठेकादार नभनोस ! म सेन्ट निकोलसको जीवन प्रति अति नै प्रभावित छु र उहाँको त्यागपुर्ण जीवन आज हामीसबैको नििम्त असल पाठ हो । तर पाश्चात्य ढाँचाको सान्ताकलाउज र हामी नेपाली ख्रिष्टमस बीच के सरोकार ? तर पनि आज हाम्रो परिचय त्यहि पश्चिमी सान्ताकलाउजले दिनु परेको छ । हाम्रै नेपालि पोषाक र स्थानिय पहिरन प्रयाप्त थिएनन् र ? यो कस्तो ख्रिष्टमस हो, म पाखेले बुझ्न नसक्ने ?
हो, हामीले सिक्नपर्छ तर राजनैतिक पार्टीजस्तो गाउ–गाउबाट बस नै रिजर्ब गरेर ख्रिष्टयनहरुलाइ बजारमा उतारेर होईन । यदि यो हाम्रो सामर्थ वा पावर देखाउनका लागी नै हो भने यो एउटा ठुलो भुल हो । १ शामुएल २४ः१ एवं १ ईतिहास २१ः१ मा पनि हेर्छैा कि हाम्रो सामर्थ मानिसहरुको सङ्ख्यामा भर नपरेको होस । दाऊदको गल्तिलाई किन आत्मसाथ गर्ने ? मलाई कता कता ती अगमवक्ताहरुको सम्झना आउछ, जसले आफ्नो अधिकार र माग कहिल्यै मानिसका सामु पोखेनन् । यहोशापातले विपद आईपर्दा परमप्रभुको ढोका खोजे । (२ इितहास २०ः५) दुखका साथ भन्नुपर्दा आज हामी त राजनैतिक समुहको सहमति र साथ खाज्दछौ । अझ नभएर कति पटक त मण्डलीको ढोकापनि उनिहरुको भाषणका निम्ति खोलिदिन्छाै । यो मण्डलीको निम्ति दुर्भाग्य हो भन्दा अनुचित नहोला । कहाँ गए ती प्रतिज्ञाहरु जो बार – बार हामी अध्ययन गर्छौ र अरुहरुलाई पनि सिकाउछौ ।
यो पावर के हो भनि एकचोटी ती आखाँहरूलाई सोधौ– जो सदैव आफ्ना पत्नी र छोरा–छोरीहरू छाडेर भारतका कालापहाड र शिमलाका डाडाहरु धाउनुपर्छ । तिनीहरुसँग सोधौ– जो साझ विहान के खाउ भनि संघर्ष गरीरहनुभएको छ । त्यी आमासँग सोधौ – जो छौपडी प्रथाका कारण आफ्नी छोरी राती गोठमा सुत्नजादा सर्पले टोकेर मर्नूपरेको छ । यो कसमाथि देखाउने पावर, के का लागी पावर, किन पावर ?
अधिकार र समानताको कुरा गर्दैजादा हामी तिनीहरुलाई पनि याद गरौ जो बाईबल पढन चाहेर पनि त्यहाँको सरकारले दिइरहेको छैन । जुलुस त परै जाओस्, त्यहाँ त बाईबल बोकेर मण्डली जान पनि गैरकानुन ठहरिन्छ तरपनि उनीहरुले अधिकारको निम्ति यस संसारका अधिकारसँग शिर झुकाउदैनन्।अरब देश तिर के भईरहेको छ भनि सबैलाई सर्वविद्धतै होला । हाम्रै छिमेकी राष्ट चिनमा हेर्दा भयो, जहाँ ख्रिष्टयनहरु आफनै आँशु र घुडामा जुलुस निकाल्छन् । तपाई र हामी निर्धक्क चिच्चाएर हल्लेलुयाह भन्न त पाएको छौ, तर उनीहरुको आवाजसमेत बन्धित तुल्याईएको छ । यति भनिरहदा हामीलाई अवश्य थाहा भएको होस त्यहि चिनबाट गएको केहि वर्ष यता सबैभन्दा अधिक मिशनरी नेपालमा पठाइएको पाईन्छ । हामी अधिकारको निम्ति पावर देखाउन बस उतार्छौ र मिसनको परीभाषा दिदा सान्ताकलाउजलाई भित्राऊछाै । के यो नेपाली ख्रिष्टयनहरुको नििम्त दुर्भाग्य होईन र ?
No comments:
Post a Comment