पेरुको उत्तरी
प्रान्तमा एउटा जनजातीको बसोबास छ जसलाई "एमोआई जाती” भनेर चिनिन्छ । जब सुसमाचार पहिलो पटक त्यस प्रान्तमा आयो,
परमेश्वरले त्यहाँका मानिसहरुका बिचमा अचम्म रीतिले काम गर्नुभयो । भौगोलिक
दृष्टिकोणले एमोआईहरुको जीवन त्यति सजिलो भने अवश्य थिएन । सिंचाईको सुविधा नभएका कारण
खेतीपाती पनि त्यति राम्रो हुदैनथ्यो । फेरि बजारको अभावले गर्दा स्थानिय जनताले जनतन
गरि उब्जाएको फसलको खपत पनि हुदैनथ्यो । एमोआईहरुको आर्थिक अवस्था त्यति राम्रो नभए
पनि उनिहरुका बिचमा सु-समाचारको प्रभाव भने अति प्रभावकारी नै
थियो । यद्दपी आर्थिक अवस्थामा कमजोर भएता पनि परमेश्वरसँगको सम्बन्ध र उनीहरुको गवाही
भने वरिपरिको समाजमा उदाहरणीय थियो । उनीहरुका मण्डली भवन माटोले नै बनेको थिए । गाउँमा
नै उपलब्ध सुकेका घास र बाँसद्धारा मण्डली घरका भित्ता र छानाहरु बनेका थिए । तर जे
भएता पनि मण्डलीमा मानिसहरु आउने र परमेश्वरको मण्डली बढ्ने प्रक्रिया तिब्र रुपमा
भईरहेको थियो । एमोआई जनजातीहरुको एउटा विशेष गुण अथवा सिप थियो । उनीहरु हस्तकलाका
सामाग्री निर्माण गर्नमा अति नै निपुण थिए । तर ति सामानहरुले बजार भने पाउन सकेका
थिएनन्। जे होस, मण्डलीको वृद्धि र विश्वासीहरुको जीवनमा आत्मिकी
जागृति झल्किरहेको थियो ।
सन् १९८०
को अन्ततिर मिशनरीहरु एमोआई समुदायहरुका माझ आए । उनीहरुले
एमोआई समुदाय हस्तकलाका क्षेत्रमा अति नै निपूण भएको र यदि ति सामाग्रीहरुले उचित बजार
पाएको खण्डमा एमोआई समुदायको आर्थिक विकास हुनसक्ने सम्भवना देखे । वास्तवमा त्यो राम्रो
विचार नै थियो । केहि समय पछि मिशनरीहरु र मण्डलीका अगुवाहरुको बिचमा सर-सल्लाह
भयो । सबैको सल्लाह र विचार अनुसार, गाउँका मानिसहरुले हातका
सर-सामग्री तयार गर्ने र ती सामाग्रीहरुका निम्ति मिशनरीहरुले
बाहिर मुलुकमा बजारको खोजी गर्ने सम्झौता भयो । यस कार्यका निम्ति उनीहरुले एउटा सहकारी
संस्थाको शुरुवात गरे । सोच अति नै राम्रो भयो र सबै कार्य प्रक्रियागत तवरले नै भईरहेको
थियो । मिशनरीहरुले सामानको निम्ति उचित बजार पनि पाए र स्थानिय मानिसहरुले तयार पारेका
सामानहरु अब बाहिर मुलुकमा निर्यात हुन थाल्यो । सहकारीले वास्तवमा धेरै फाईदा गरीरहेको
थियो ।
तर दुर्भाग्यपूर्ण
कुरा, त्यो सहकारी खोलेको २ सालको अन्तरालमा मण्डलीमा ठुलो समस्या आयो
। आर्थिकी कारोबारो नमिलेका कारण मण्डलीका अगुवाहरु बिच शंका-उपशंका शूरुवात भयो र त्यसले मण्डली-मण्डली विच नै मतभेद
ल्यायो । त्यसको १ साल भित्रै नै त्यो सहकारीलाई बन्द गर्नुपर्यो । अब बजारमा माग भएपनि
ती समानहरु नबन्ने भए । ६ साल देखी बढीरहेका मण्डली विस्तारै तहस नहस भयो । आज करिब
३ दशकको अन्तरालमा फेरी मण्डलीको विकास विस्तारै हुन थालेको छ ।
विचार गर्नुहोस्।
१. वास्तवमा समस्याको जड् के जस्तो लाग्छ ?
२. के सहकारीको शुरुवात गर्नु नै नहुने हो र ?
३. के मिशनरीहरुले बजार खोजीदिनु समस्या निम्त्याउनु थियो ?
४. सहकारी शुरु भए पश्चात मण्डलीको प्राथमिकता के बनेको थियो ?
यस्तो समस्या केवल पेरुमा मात्र
होईन, यदि ईमान्दारीले हेर्यौ भने हाम्रो देशमा यस्तै थुप्रै उदाहरण नपाईएला भन्नसकिन्न ।
परमेश्वरको काम कहिल्यै पनि मानिसको बुद्धिले मात्र गर्नसकिदैन ।परीवर्तनको बारेमा
परमेश्वरले अति सुन्दर प्रकारले व्याख्या गर्नुभएको छ। यहोशूले यरीहो शहरमा आक्रमण
गर्नुभन्दा पहिला एउटा स्वर्गदुतसँग जम्काभेट गरेका छन् । यस घटनालाई बाईबलमा यसरी
उल्लेख गरीएको छ । यहोशू उनीकहाँ गएर सोधे ,
‘तपाई हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु पट्टि हुनुहुन्छ ।‘ अनि
त्यस दुतले भने कि म कतै पनि छैन । उनले फेरि जवाफ दिए, ‘तर परमप्रभूको फौजको कप्तान
भएर म यहाँ आएको हुँ । बाईबलीय तरीकाले परीवर्तनको केन्द्र परमेश्वर हुनुहुन्छ, मानिस हुदैन । तर आजभोली
सघसंस्थामा कता कता मानीस हावी भएको पाईन्छ । दुखको कुरा यो समस्याबाट खिष्ट्यन संघसस्थाहरुपनि
गुज्रिहेका छन् । हामो परीवर्तनको शुरुवात कहाँबाट गर्छौ ? जतिसुकै राम्रो योजना भएपनि या जतिसुकै राम्रो Log-frame भएपनि यदि हामीहरुले चेलापन एंव परमेश्वरको मण्डलीको उद्देश्यलाई हाम्रो काम
र योजना सगँसगै लग्न सकेनौ भने हामी असफल हुन्छौ । एमोआइहरुको समस्या पनि यहि नै थियो
। दिमाग र भावनाको घेरामा रहेर सहकारीले धनपैसो त कमाउन सक्यो तर परमेश्वरको डर र बाटो
भने सिकाउन सकेन ।हाम्रा असल कामहरुले कत्तिको हृदयको
परीवर्तनका कुराहरु गर्दछन् । मिशनरीहरुको प्रयास अति राम्रो हो तर परमेश्वरको उद्देश्यले
सहकारीमा ठाउँ पाउन सकेन । जब मण्डलीमा उहाँको डर हुदैन् हामीहरु पनि हावासगसँगै बरालिन
पुग्छौं ।
यसकारण
भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध
गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना
शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। २
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले
परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य
र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक। रोमी
१२;१-२
यहाँ "आफ्नो मनमा नयाँ भई पूर्ण रूपले
परिवर्तित होओ" भनि लेखिएको छ । अर्थात
हृदयको परीवर्तनको कुरा आउछ । आज हाम्रो समाजमा रहेका संघसस्थाहरुमा पनि हामिहारूले
कतै परीवर्तन या रुपान्तरणलाई केवल दिमाग (सोचाई)
र भावनासम्म मात्र सिमीत राखेका छैनौ कतै हामी तेस्रो तहसम्म पुगेका
छैनौ कि ? यो प्रश्न आज हामी सबै ख्रिष्ट्टयन संस्थाहरुले आफैसँग सोध्नु पर्ने हुन्छ
। समाजलाई मनको नवीकरणको आवश्यकता छ र त्यसको निम्ति मण्डली एक महत्वपुर्ण हतियार नै
हो ।त्यसैले कतिपटक यसका निम्ति ख्रिष्ट्टयन संघसस्थाहरुलाई मण्डलीले सशक्त
पार्नपर्ने अवस्था छ ।
No comments:
Post a Comment