उर्मिलाको दुःख आज धेरै नेपाली चेलीहरुको आसुँ र समस्याहरुलाई समेट्दछ । हरेक वर्षनेपाली चेलीहरु बेचिएको खबरहरु समाचारपत्रमा आउँछन् तर कति त्यस्ता घटना छन् जसको कुनै सोधीखोजी नै हुन्न । न त कसैले त्यसलाई खोतल्ने प्रयास गर्छन् । आउनोस हेरौं उर्मिलाको कहाली लाग्दो यथार्थलाई-
---
मेरो पनि त परिवार हो । आखिरी म पनि त नेपाली चेली नै हू । मलाई पनि आफ्नो भूमि, आपनो गाऊँ-शहर अनि बेंसीको माया नलागेको होईन । तर आज ती सबै थोक मेरा निम्ति सपना झैं भइसके । कता-कता अब मेरा छोराछोरीहरुले पनि नेपाललाई भुल्न थालिसकेका छन् । भन्छन् दुःखलाई बुझ्न त दुखीले मात्र सक्छ । खै के गरुँ, मेरा आँसुहरु बाँडेर पनि ।
---
सन् २००५ सालको कुरा हो जब म अछामको एक गाँउमा हर्ुर्किरहेको थिएँ । गाउँघरको समस्या त तपाईहरुलाई थाहा नै होला । दिनभरी घरको कामले जीवन कटिरहेको हुन्छ । गाँउघर तिर चेलीबेटीहरुको संख्यापनि त्यति कहाँ नै थियो र । अझै कति परिवारमा त छोरा पाउने आशामा छोरीहरुलाई गर्भमा नै हत्या गरिन्छ । तर मसगँ भने त्यसो भएन । गाँउको गरिवी र अभावमा नै मेरो बाल्यकाल बित्यो । बाआमाले सानै छँदा मलाई विद्यालय पठाएनन् । मेरो दाजु भने नजिकै गाँउको विद्यालयमा जाने गथ्र्यो । छोरीको जातले पढेर के नै गर्नेहुन र - आखिरी पोइल जाने जात त हो, पछि पर्राई भइहाल्छन् क्यारे भनेर बाले भन्ने गर्नूहुन्थ्यो । अब बाले भनेका कुरा कसले टाल्ने -
सायद मंसीरको महिना हो क्यारे ! मिना लाहुरबाट आएकीथिई । पातली, लुरी मिना आजभोलि कति राम्री न राम्री भएर आएकी थिई । मलाई पनि मिना जस्तै हुने मन नलागेकोे कहाँ हो र- के गर्ने आफ्नो हैसियतले भने भ्याउने होइन् । सानैछदाँ नै मिना मेरी हितैषी साथी थिई । हुन त ऊ पनि पाठशाला कहाँ जान पाई र -
उसका बापनि कमका थिएनन् है । छोरीलाई पढाउनु त बौलाउनु नै हो भन्थे । जे गरे पनि गाँउघरमा भने मिनाको नाम चाहि चलेको नै थियो । जे होस् म भने मिनासगँ भेटेर दुख-सुख बाँडौला भनि हतार गरिरहेको थिए । १३ गतेका दिन गाउFmमा मेला लागेको थियो, सायद त्यसैबेला मिनासँग मेलामा नै भेट गर्ने मनमनै विचार गरेंं । बिहानै वस्तुभाउलाई घाँसपात गरी, खानपिन तयार गरी म मेला तिर लागे । आफ्नो त ध्यान नै मिनातिर गएको थियो । मिनापनि पल्लो गाऊबाट आइरहेकी थिई । सायद लगभग २ वर्षछि मेरो भेट मिनासगँ भएको थियो होला । मिना पनि अति नै खुसी थिई । खुसी पनि किन नहुनु नि !
लाहुरमा बस्न पाएकी छे ।
---
मिना- हैन के उर्मिला, तँ त सा-है दुब्लाएकी छेस् त । कतै बिमारी त भएकी छैन्स -
उर्मिला- खै ! के गर्ने मिना, आफ्नो भाग्य नै यस्तै रैछ, बिहानदेखि बेलुकीसम्म कामको काम मात्र । कहिल्यै फर्ुसद हुनेहोईन । तँ जस्तो सुखविलासमा कँहा बस्न पाउनु -
मिना- छि मोरी !
कस्तो कुरा गरेकी । तेरो भाग्यपनि त तँ सँग नै छ । तैले चाहिस भने आफ्नो भाग्य बदल्न सक्छेस् क्यारे ।
उर्मिला- के रे !
मैले नचाहेको रे - मैले पनि त राम्रो नचाहेको कहाँ हो र, मिना । तर कुरा गरेरमात्र हँुदोरहेनछ । मेरो भाग्यमा नै यस्तै लेखेर आएको रहेछ ।
मिना- हैन ! त किन आफुलाई मात्र सरापेकी छस् हँ !
मैले त सल्लाह दिन मात्र सक्छु ,
बाँकि त, तेरो आफ्नै हातमा छ है । यदि तँ पनि म सँगै पारिको शहरमा गईस् भने तेरो त भविष्य नै मालामाल हुन्छ मोरी ।
उर्मिला- के रे !
मपनि तँ सँगै त्यो शहर जाने !
कुरा त ठिकै गरिस् तर म जस्तो गरिबले तेत्रो सपना देखेर कहाँ हुन्छ र -
आफ्नो खल्तीमा सुको छैन् ।
मिना- हैन ए उर्मिला ! त किन रुपैयापैसा को चिन्ता गर्छर्ेेभन्या, के म तेरो हितैषी मित्र होईन् र -
आखिरी मेरो पनि त कर्तव्य हो नि, आवश्यकतामा परेकोबेला साथीहरुको सहयोग गर्नु । यदि तँ जान्छेस भने तेरो सबै खर्चपानी म आफै बेहोरीहाल्छु नि ।
उर्मिला- अहो मिना !
खै कुन शब्दले तलाई धन्यवाद दिउFm
। म त तेरो सधैभरीको निम्ति ऋणी नै हुनेछु ।
मिना- ल त !
म अब जानर्ुपर्छ । म अर्को आईतबाार बिहानै हिड्दैछु । यदि तँ मसँग जाने नै हो भने जसरी भएपनि तेरा बाआमालाई मनाइहाल्छु नि ।
उर्मिला- हुन्छ हुन्छ मिना, म पनि घरमा कुराकानी गरी सबै तयारी गरिहाल्छु नि ।
---
यहि छोटो भेटघाट, धनी हुने इच्छा ,
राम्री हुने विचार र सोझो विश्वासले मलार्इ् भारतको एक शहरमा ल्याई पुर्यायो । तर भनेको जस्तो कहाँ हँुदो रहेछ र - मिनाले मलाई उसकै साथीको घरमा बसालेर एकैछिन आउँछु भनेर गएकी थिई तर आज महिनौं बित्दापनि उसको अनुहार देख्न पाइएको छैन् । जब म त्यो घरकी दिदी जसलाई मिनाले पनि दिदी भनेर बोलाउथी, उनले भनेको कुरा सुने - म छानाबाट खसे झैं भएँ । मलाई त मिनाले पैसामा बेचिदिएकी रे । अब मिना त्यहाँ नआउने रे ।
मेरा नयाँ-नयाँ आशा र उमङ्ग सबै खरानी नै हुनगए । यो वास्तविकतालाई तपाईहरुको बिचमा राख्नु मेरो एउटैमात्र उद्देश्य यो हो कि तपाईहरु पनि यस्ताखाले आकाश छुने लोभमा नपर्नुहोला । सानो गाउFm
छाडीे भारतको ठूलो शहरमा त पुगियो तर मेरो आशा सबै सपनामा नै रहिगयो । शहरकै एउटा बस्तीमा आफैलाई बेचिएको मलाई थाहा नै भएन् । जसमाथि मैले भरोसा राखे आज उसैले मलाई बरबाद पार्यो । महिनौंसम्मको लामो कालकोठरीबाट म एकजना साथीको सहयताले बल्ल-बल्ल्ा एउटा महिला संरक्षण गृहमा आईपुगे । कता कता अब त मानिसहरुप्रति एक प्रकारको रिस र क्रोध भरिएर आउँथ्यो । गाँउघरमा मानिसहरुले म प्रति के सोचंे होलान् ! बा-आमा सँग पनि भेट नभएको धेरै दिन भईसकेको थियो । अब कुन मुख लिएर म नेपाल फर्किने - कहिलेकाँही मनमा विचार आउFmछ- त्यो मिनाले अरुपनि कँयौ नेपाली दिदीबहिनीहरुको जीन्दगीलाई बर्वाद गरिसकेकीहोली ! मलाई त्यस ठाँऊमा गएरमात्र थाहा भयो कि कति दिदीबहिनीहरुलाई तिनकै आफन्तहरुले धनपैसाको लोभमा बेचिदिएका रेहेछन् । विश्वासको नाममा कुनै ठाउ नै रहेन् । अब कसले हामीहरुलाई माया गर्ने -
---
केही महिनादेखि मेरो स्वास्थ्यमा गडबडी आईरहेको थियो । मेरो शरीरको तौलमा पनि निरन्तर रुपमा परिवर्तन भईरहेको थियो । त्यतिमात्र नभई जरोले पनि महिनौदेखि सताईरहेको थियो । कता-कता म जीवनदेखि वाक्क भइसकेको थिएँ । कति पटक मैले आत्महत्या समेत गर्ने कोशिस गरे, तर सकिन् । यो अनुहार लिएर आफ्नो मुलुकमा कसरी र्फकने । एकदिन अचानक एकजना संरक्षण गृहकै साथीले मेरो बेलीविस्तार सोधिखोजी गर्दैजाँदा मैले आफ्नो सबै नालीबेली सूनाए । उनले मलाई उपचारको निम्ति सल्लाह दिईन् । आफूलाई बिसञ्चो भएको पनि धेरै दिन भईसकेको थियो । त्यसैले म रगत जाँचको निम्ति नजिकैको चेकपोष्टमा गए । केहिदिन पछि डाक्टरले मलाई रिपोर्ट लिन बोलाए । डाक्टर र म सँगै बसेर कुराकानि गर्यांै । लामो कुराकानी पश्चात उनले मलाई एच आई भीे सङ्क्रमण भएको कुरा सुनाए । मलाई यस रोगको बारेमा केही पनि थाहा थिएन् । जब म संरक्षण गृहमा फर्के तब मेरा साथीहरुले यस बिमारको बारेमा सबै कुरा सुनाए । यो बिमारको त कुनै उपचार नै रहेनछ । अब बल्ल मलाई थाहा भयो कि वास्तवमा एच. आई. भी. को सङ्क्रमण कसरी हँुदोरहेछ भन्ने कुरा । म झनै चिन्तित भएँ । अब यो मुख देखाएर म कसरी नेपाल फर्केने - त्यो रात म रुनसम्म रोएँ । बितेका कुराले आफूलाई कतिसम्म पिरोलिरहने -
केहीदिनपछि मैले एकजना अर्को साथीसगँ भेटे जसले मलाई उत्साह र आँशाका कुराहरु बाटनूभयो । मानिसहरुले दिएको आश्वासन कति पटक धोकामा बदलिनसक्छ तर एकजना त्यस्ता व्यक्ति हुनुहुन्छ जसमा हामीले भरोसा राख्यांैभने उहाँले हामीलाई कहिल्यै पनि एक्लो पार्नुहुन्न्ा र यति भनी अचानक उहाँ कतै जानुभयो र उहाँसँग धेरै समय बिताउन पाईन् । केहीदिनपछि फेरि बेलुकी पख त्यही साथी आउनुभयो । यस पटक भने ऊहाँले अलि अचम्म लाग्ने कुरा गर्नुभयो । “नानी येशूले हाम्रो आँसुहरु पुछ्न यस संसारमा जन्म लिनुभयो । हाम्रा सबै पापहरुलाई आफ्नै पापमानेर उहाँले आफ्नो जीवन समेत मानिस जातिका निम्ति बलिदान गरीदिनुभयो । यदि हामीहरुले उहाँमाथि विश्वास गर्यौं र उहाँलाई स्वीकार गर्यौ भने उहाँले हामीहरुलाई आफ्नै सन्तान बनाउनुहुन्छ ।” मलाई अझै त्यो साथीको झझल्को आईरहन्छ ।
---
मलाई कता कता अचम्म लागिरहेको थियो । डर र त्रास, लाज र बर्ेइज्जतीले म थाकिसकेको थिए । त्यो मित्रले एउटा किताब निकाली केही कुरा पढेर सुनाउनुपनि भयो ।
"हे सबै थाकेकाहरू र बोझले दबिएका हो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।” त्यो साथीको अगाडि म आँशुमात्र बगाउन सके । उँहाले मलाई सान्तवना दिएर जानुभयो । दुखमा परकाबेला कसैले आएर सोधीखोजी गरिदिए पनि कता-कता मन हलुको हँुदोरहेछ ।
---
आज म नेपाल फर्किसकेकेा छु । मलाई याद छ नेपाल फर्किदाका पहिलाका दिनहरु- मानिसहरुले मलाई गरेको व्यवहारहरु । मलाई यो पनि थाहा छ कि म एक रोग बोकेकी स्त्री हू भन्ने कुरा । तर केही साथीहरुको हौसला र उत्साहले मैले आज जीवनमा सहारा पाएकी छू । मैले कसैलाई भरोसा गरे तर उनीहरुले मेरो यो हाल बनाईदिए । अनि फेरी मैले एउटा यस्तो व्यक्तिलाई आफ्नो जीवन दिए जसले मेरो जीवनमा बाँच्ने आशा र समाजमा जीउने बल हालिदिनुभयो । यो जीवन पनि अचम्मको छ । आज ३ वर्षभएसक्यो, म बाचेकै छु । मलाई थाहा छ मृत्यु मेरो नजिकै छ तर खै म मा डर भने छैन । मलाई थाहा छ मकहाँ जानेछु भन्ने कुरा । सानो व्यावसायले गाँउमा नै आफ्नो जीवीका गरिरहेको छु । म हाम्रा नेपाली दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु की जीवनमा निराशा आउँछन्, कठिनाई आईपर्छ, अन्जानमा हामी पनि कति धोकामा पर्यौहोला । हाम्रो विश्वास मानिसमाथि होईन तर परमेश्वरमाथि राख्यौं भने उहाँले हाम्रा पिरमर्काहरु बुझ्नुहुन्छ ।
---
No comments:
Post a Comment