"हैन, ए कान्छा
! तलाई विदेशतिर किन जानुपरेको ह ? यो देशले तलाई पाल्न सकेन कि क्या
हो ?" पल्लाघरे माइली दिदीले भनेको भन्यै गर्नुहुन्छ । मरो
समस्या कसले बुझिदिने - खै ! बि.ए. पासगरेर केहि गर्नुपर्ला भनेको, यो देशमा खाईबस्नु भएन । सानेातिनो ब्यापार गरेर नै परिवार चलाएर बस्नुपर्यो भनेको, नेपाल बन्दले गर्नुसम्म गर्यो ! आज पसल बन्द गरेकेा पनि ५ दिन भईसक्यो । उता
केटाकेटीहरुको विधालय बन्द भएको १ हप्ताभई सक्यो । अब के गरि बाच्ने हो, यो देशमा ! हुनत सबैले भन्छन् कि हामीहरुले सकारात्मक
सोच बनाउनर्पर्छ - तर सोच सकारात्मक बनाएर मात्र पेट पालिदो रहेनछ्
। बाच्नका लागी केहि न केहि त गर्नु नै पर्दोरहेछ ।
४ साल पहिला:
मेरो बिवाह भएको २ महिना भएको छ । घरपरिवारको जेठो
छोरा भएकोले जिम्मेवारी पनि मेरै थाप्लोमा आएको छ । आमालाई पनि बुढेसकालको बिमारले
सताएको सताएै} छ। कहिल्यै लखनउ त कहिल्यै काठमाण्डौं गर्दै
समय टलिरहको छ तर उपचार भने ठ्याक्कै हुनसकेको छैन् । उता बुवाको मृत्युभएको पनि धेरै
भएको छैन् । त्यसलै मलाई पनि इन्डियातिर आँखा लगाउन त रहर कहाँ लागेकेा थियो र ?- श्रीमतीको आँखा भरी आशू हुन्छ जब म इन्डियाको
कुरा उनलाई सुनाउछु । "डाडापारीकी काइलीलाई मर्ने रोग लागेको
छ रे - कतै तपाईलाई पनि त्यहा गएर त्यो रोग त लाग्नेहोईन
-" भन्दै उनि रुने गर्छिन् । मैले के भनेर उनलाई सम्झाउने
- "हैन बाबा! म त्यस्तो अनैतिक सम्बन्ध गर्दैगर्दिन
क्या । यो त अरु स्त्रिहरुसँग गलत शारिरीक सम्बन्ध राख्दा र्सर्ने विमार हो ।" विचारा काईली दिदी ! काईला काकाले पनि कस्तो असमभदारी
हुनुभएको - मर्म्बई गएर यसरी अनैतिक यौन सम्बन्ध गर्नुहुन्छ त्
! फेरी अनैतिक यौन सम्बन्ध गर्दा एड्स भन्ने रोग र्सनसक्छ भनेर पनि उनलाई
कसो थाहा नभएको ?। कम से कम नेपाल आएपछि रगतको जाच गराउनुपर्ने । अहिले हेर उनको दशा
। एक त आफूपनि एड्सको बिमारको शिकार भएका छन् अर्कोतिर श्रीमतीलाई पनि त्यसको शिकार
बनाई पठाए । बल्लबल्ल श्रीमती र आमाका आँखाका
आशुहरु राक्न सके । क गर्ने आफ्नो आँशुलाई
कसरी रोक्ने ? घरमा श्रीमति, आमालाई छोडन
मनले पो कहा मानेको छ र ? फेरी यहाँ बसेर केहि गर्न त सकिनेहोईन ? जे होस्, यहाको राजनैतिक भाषण सुन्नुभन्दा त
कम से कम दुइ चार रुपैया कमाएकै बेस । क्रृणपनि तिर्न हुन्छ, फेरी म यहाँ बसेर केहि गर्नपाउने पनि त केहि होईन क्यारे ।
मुर्म्वईको जीवनी :
आज मुर्म्वईमा आएको पनि १० महिना भईसक्यो । मलाई त
मर्म्बईको रेल र हुम्लाको पहाड एउटै एउटै जस्तो लाग्छ ! चढ्न
र उत्रिनै समस्या । त्यसैले बुढाबुढी र केटाकेटीहरुलाई मुर्म्वईको लोकल रेलमा नलगे
हुन्छ । चर्चगेट देखि बिरार पुग्न पनि करीब करीब डेढ घण्टा लागिहाल्ने । हैन् यो मुर्म्बईमा
सबै मानिसहरु किन आउनु परेको - सायद सबैजनाको समस्याहरु मेरो
जस्तै होला । म पनि कस्तो अबुझ मान्छे ? आजभोली मैले मर्म्बईलाई अलि अलि चिन्न थालेको
छु । गएको साल दिल्लीमा अलि सजिलो अनुभव भएको थियो । कम से कम त्यहाको मेट्रोको यात्रा
त अलि व्यवस्थित नै थियो । मेट्रो नभए बसमा पनि त सुविस्ता नै थियो ।आजभोली घरको धेरै
याद आउन थालेको छ । खै किन हो किन, श्रीमती र आमा को सपना देखिरहकेा छु । तर खुशि र आनन्दपनि लागिरहेको छ । अब यसलाई कसरी भनौं । सायद तपाईहरुलाई
अनौठो लागेको हुन सक्छ कि मलाई किन आनन्द लागेको होला भनेर ? मैले एउटा अनौठो चिज पाएको छु । यद्दपी भारतमा आएको यो पहिलो
साल त अवश्य होईन् ।
To be continue…
No comments:
Post a Comment