Sunday, February 24, 2013

स्वास्थ्य सम्बन्धी केहि कथाहरु : हानीकारक औषधिहरु


परीचय: औषधिले हामीहरुलाई बिरामीहुदाँ निकोपार्ने काम गर्दछन् । तर के औषधिहरु हाम्रो
निम्ति हानिकारक हुन सक्छ - तल उल्लेखित कथालाई हेरौं ।

कथा

यो एउटा माङ्गा नाम भएको बादरको कथा हो, जसले न त आप्नो शिक्षक, न त आमाको नै भनेको मान्दथ्यो । त्यतिमात्र नभएर उ अति लालचि पनि थियो । उसको घर रुखको नजिकै थियो, जहाँ ठुलो पर्खालपनि थियो । पर्खालको पारी पट्टी एकजना किसान बस्दथे जसको नाम करीम थियो । माङ्गाकी आमाले माङ्गालाई भनेकी थिईन कि कहिल्यै पनि पर्खालपारी नजानु । करीमकी पत्नीले बादरहरुलाई घृणा गर्थिन् । माङ्गाले कहिल्यै पनि आफ्नी आमाको सल्लाह मानेन् । माङ्गा चकचके  हुदै  गयो र उसलाई सधै नयाँ नयाँ उट्पट्याङ र अचम्मको काम गर्न मन पराउथ्यो ।

एकदिन उ करीमको घरतिर गयो । अनि ठुलो रुखबाट हाम् फालेर बगैचामा पुग्यो । बगैचामो धरै फलफूलहरु बढदैगरेका थिए । करीमले आफ्नो गाउँभरीमै सबैभन्दा उत्तम केरा उत्पादन गरेका थिए । माङ्गाले केरा खाना सम्म खायो । अत्यमा टन्नपेट भरे पछि उकुसमुकुस हुदै बिरामीको हालतमा ऊ कगतीको बोटमुनि आराम गर्नको निम्ति ढल्क्यो । केहि समयपछि अचानक करीमकी पत्नीका खुट्टाको आवाज उसको कानमा पर्यो । "आम्मै अब क गर्ने !" हतार हतार उठेर उ भाग्न थाल्यो । करीमकी पत्नी माङ्गाको पछि पछि जान्छिन । तर क गर्ने, उनको मोटो शरीर र कमजोरीका कारण माङ्गाको पीछा गर्न अर्समर्थ भईन् । त्यसबेलासम्म माङ्गापनि थकित हुनुका साथै धेरै केरा खाएको कारणले अस्वस्थताको अनुभव गरीरहेको थियो । अचानक उसले एउटा ढोका देख्यो र त्यस भित्र छिर्यो । यसरी उ करीमकी पत्नीको भान्साघरमा आईपुग्यो, तर उ झनझन अस्वस्थताको अनुभव गरीरहेको थियो । "सायद, म यहाँ रातो औषधि भेट्टाउन सक्छु की !" उसले सोच्यो । "त्यहि औषधि जून चाहि म बिरामी पर्दा डाक्टरले मलाई दिनुभएको थियो ।"

त्यसै खोजमा उ भान्साघरको अर्को पट्टकिो सानो कोठामा आयो । त्यहा केही औषधिका बोतलहरु रातो बाकसमा परीरहेका थिए । माङ्गाले केहि रातो औषधिका बोतलहरु भेट्टायो, जसमा कहि शब्द लेखिएको थियो । तर उसको पर्ढाई यति कमजोर थियो कि त्यस बोतलमा के लेखेको थियो, भनि पढ्न सकेन् । सायद पहिले खाएको औषधि झै हुनर्ुपर्छ भनी सम्झेर उसले त्यो खायो ।

"अब त मेरो सबै दुखाई हराउछ र म आफनो घर भेट्टाउन सक्छु ।" माङ्गाले सोच्यो । उसले अति नै धेरै मात्रामा त्यस बोतलबाट औषधि खाएर बोतल चाहि सोहि स्थानमा राखिदियो । यसरी करीमकी पत्नी त्यहा आउनुभन्दा अगावै उ ढोकाबाट छिरेर, आफ्नो घर तर्फनिस्क्यो ।

आफ्ना घरमा आएर, उ सोफामा लतारम्मै परेर बस्यो । माङ्गाले अचानक चक्कर आईरहेको र शरीरपनि चिलाईरहेको अनुभव गर्नथाल्यो । उसको शरीर भरी नै फोकै-फोका आएको थियो । "मेरी आम्म,ै यो के हो -" उसले आफैलाई भन्यो ।  "मलाई के भईरहेको छ - मलाई त बिसञ्चो जस्तो लागिरहेको छ ।" अनि उसले आफ्नी आमालाई बोलायो र तिनले माङ्गालाई हर्र्छिन् ।

"हैन् त कहाँ गएको थिईस् -" उनले अत्तालिदै भनिन् । "तपाईलाई के भयो र -" उसले आफ्नी आमालाई भन्यो । पहिला त आमा सार्है रिसाएकी थिईन तर पछि माङ्गाको हालत देखेर चिन्तित हुन थालिन् ।

"तलै के भन्दैछस्-" उनि चिच्चाउन थालिन । "मलाई थाहा छ कि करीमकि पत्नीले पुराना औषधिका बोतलहरुलाई रातो बाकसमा फाल्ने गर्छिन । तैले जे खाईस नि, त्यो तैले पहिला डाक्टरले दिएको झै नभई, पुरानो औषधि हुनर्ुपर्छ । करीमकि पत्नीले प्रायजसो आफ्ना औषधिहरु बजारबाट खरीद गर्छिन र कसलाई के थाहा कि औषधि बिक्रेताहरुले उनलाई के पो बेचे । तैले त गलत औषधि खाईपठाइछस् ।" लामो सास तान्दै माङ्गाकी आमाले भनिन् । "अब हामी तुरुन्तै अस्पतालतिर जानर्पर्छ ।" र उनीहरु अस्पतालतर्फगए ।

डाक्टरले पनि माङ्गाकी आमाले सोचे झै विचार गरे । "आजभोली गलत औषधिहरु बजारमा बिक्री भईरहेको छ ।" उसले भन्यो । "मानिसहरु प्रशस्त धन औषधिको निम्ति खर्च गर्छन । कति त लाभदायक हुन्छन तर कतिचाहि अति हानीकारक हुन्छन ।" त्यसकारण उसले माङ्गालाई अस्पतालमा भर्नाहुन पठायो । अस्पतालमा पनि डाक्टरहरुले उसको घाटिमा केहि चिज हाले जसले उसलाई झनै दिकदार बनायो । यो सबै गर्नपनि माङ्गाकी आमालाइै धेरै खर्च गर्नुपर्यो  माङ्गाका भाई बहिनीहरुले पनि उसलाई जिस्काए र उ धेरै लज्जित भयो ।

सोओड SHOWD प्रश्नहरु

S . तपाईले के देख्नुहुन्छ - Show
H .  के भईरहेको छ - happening
O . के यो हाम्रो ठाऊमा पनि हुन्छ Our Place
W . किन यसो हुन्छ -  Why
D .  हामी यसबारे के गर्दछौ? Doing

छलफलःतलका प्रश्नहरु प्रयोग गर्नुहोस् र आफ्ना प्रश्नहरु पनि जोडनसक्नु हुन्छ

अवलोकन प्रश्नहरु -के भयो -

1      के कसैलै खराब आषधिहरु ब्ाारेको कथा फेरी भन्न चाहनूहुन्छ -
2      माङ्गाको बारेमा बयान गर्नुहोस् । उ को हो - र उसलाई के मन पर्छ -
3      सबै केराहरु खादाँ माङ्गालाई के हुदछ-
4      मिसज करीमले आफ्ना औषधिहरु कहाँ राख्ने गर्थिन -
5      के भयो जब माङ्गाले औषधि लियो -
6      के औषधिले उसलाई सञ्चो हुन सहयता गर्यो- उसलाई के भयो -
7      माङ्गालाई डाक्टरले के गर्यो - के अस्पतालको उपचार माङ्गालाई मन पर्यो -


ब्याख्यात्मक पश्नहरु

1      किन माङ्गाले रातो आषधि पियो-
2      किन औषधिले उ निको भएन-
3      कसरी औषधि तपाईको निम्ति हानीकारक हुनसक्छ -
4      औषधिको मिती सकिदा के हुदो रहेछ -

प्रयोगात्मक प्रश्नहरु -म सग कसरी सम्बन्धित छ त-

1      तपाईको स्थानिय बजारमा कस्ता औषधिहरु बिक्री हुन्छन् -
2      के ति औषधिहरु डाक्टरबाट लेखिएकै हुन त-
3      तपाई घरमा औषधीहरु कुन ठाउमा राख्नुहुन्छ - औषधीहरु कहा राख्नर्पर्छ जस्तो लाग्छ - किन-
4      कुन औषधिहरु तपाईको निम्ति ठिक हो भनि तपाई कसरी थाहा पाउनुहुन्छ - यसबारे कसलाई सोध्नुहुन्छ -
5      तपाईको घर वा छिमेकीको घरमा भएका औषधिहरु लाई तपाई के गर्नूहुन्छ -

कथा वाचनः
1      दुइ दुइको समुहमा बाडनुहोस र कथा अभ्यास गर्न लगाउनुहोस् ।
2      कलर गर्ने पेज दिनुहोस- "किन तपाईले औषधीलाई बादरले झै प्रयोग गर्नुहुदैन् -"
3      तपाईले आफ्नो परिवार, साथीहरु र छरछिमकमा हप्ताभरी हानिकारक औषधिबारे जानकारी दिनुहोस् ।
4      आफ्नो घरमा भएका औषधिको जाँच गर्नुहोस् । के त्यसको मिती त सकिएको छैन् - के ति उचित स्थानमा छन् जहा साना साना नानीहरुले पुग्न सक्दैनन् -        


स्रोतः Translated from
UNESCO/ FRESH (Focusing Resources on Effective School Health). Web Stories. Available from: http://portal.unesco.org/education/en/ev.php-URL_ID=46812&URL_DO=DO_TOPIC&URL_SECTION=201.html




No comments: