२३ मे २०२३
आदरणिय मण्डली-अगुवा ज्यूहरु,
ख्रीष्ट्य अभिवादन र जयमसिह!
विषयः समसामयिक विषयलाई मध्यनजर गरीदिनुहुन बारे!
मलाई आशा छ यो पत्रलाई तपाईहरु सबैले कुनै पनि पुर्वाग्रह नराखी मनन
गरीदिनुहुनेछ । मेरो प्रार्थना र बिन्ती यही छ कि हामीहरु सबैलाई यस पत्रमा उदृत
गरिएका प्रश्नहरुले सोच्न बाध्य बनाएको होस् ।कति पटक वास्तविकतालाई आफुमा मात्र
राख्दा र जगजाहेर गर्नबाट चुक्दा इतिहासले सधै दोष देला भन्ने डर हुदोरहेछ ।त्यहि दोषको
बोझ नबोक्ने मनका साथ केहि धरातलिय यथार्थहरुलाई हामीहरु सबैले महशुस गरौं, र
परमेश्वरको मार्गदर्शन खोजौं भन्ने आशाका साथ यो खुला पत्र लेख्दैछु । यी सबैकुरा
भन्दै गर्दा मण्डलि अगुवाहरूको प्रार्थना, दर्शन र परमेश्वरको अनुग्रहको वस्तुमय
प्रमाणहरू भनेका नै गएका ७० वर्षको इतिहास
हो भन्दा फरक नपर्ला र यस वास्तविकतालाई मलै पनि
स्वीकार गरेको छु । तर पनि अबको भावी रणनिती र बाटो के र कसरी भन्ने प्रश्न
गरिरहदा, हाम्रो वर्तमानको धरातलिय सोचलाई सबै मिलेर वचनको प्रकाशमा हेर्ने कि भनि
प्रश्न गर्न चहान्छु ।
१.
येशूको मिशनः
येशूको राज्यको मिशनलाई आज मनन गर्नु अपरिहार्य भएको छ । वचनको कामको
प्रभाव न त पुरानो करारमा, न त नया करारको समयमा नै परीवर्तन भएकोछ । यदि केहि
कुरा परीवर्तन भयो भने हाम्रो साधन, श्रोत र माध्यमहरु भने अवश्य परीवर्तन भएका
छन् । वचन त आज पनि त्यहि हो, र यसले आफ्नो काम गरेर नै छोड्छ । तर आज हामीले
सोचेको र व्यावहारमा ल्याएको मिशनले हामीलाइ घच्घचाएको हुनुपर्छ ।म यो लेख्दै
गर्दा बडो बोझ र जिम्मेवारी महशुस गरी मनमा प्रार्थनाका साथ यी शब्दहरू कोर्न
पुगेको छु । हामीले परिभाषित गरेको “मिशन” र “येशु र प्रेरितहरु”ले परीभाषित
गरेको मिशनमा फरक देख्छु । गएको धेरै समय देखि हाम्रो सोच र ध्यान येशूको मिशनको
कार्य भन्दा पनि कता कता हामी नेपालि मण्डलीहरु कसरी श्रोत र आवश्यकताको परिपुर्ति
गर्न सकिन्छ भन्ने कुरामा अलि बढी जोड दिइरहेको महशुस गरीरहेको छु । मलाई मर्कूस
१० अध्यायले पटक पटक ढ्कढकाउछ जहाँ चेलाहरूले बुझेको “मिशन: हामी जे चाहन्छौ” र येशूले सिकाउन
खोज्नु भएको “मिशनमाः सेवा गर्न र धेरैका निम्ति आफ्नो जीवन दिन” ठुलो धरातलिय भिन्नता
पाउन सकिन्छ । येशूको मिशनको व्याख्या त ४५ पदमा आएर छर्लङ्ग हुन्छ । आज कतै हामी
याकुव र यहुन्नाको मिशनकै परिभाषामा रुमलिरहेका छौ कि? यो प्रश्न आज म आफैसँग पनि
गरिरहेको छु ? यो त केवल मेरो मात्रै सोच हो कि भनेर मैले आफैलाई दोष दिइरहेको थिए
। तर अहँ, रहेनछ । यहि अवस्थामा मैले केहि यस्ता मण्डलीका सदस्यहरुलाई पनि भेटे जसले
मिशनको वास्तविकता बुझ्न संघर्ष गरीरहनुभएको छ । सायद मण्डली कमिटीले वार्षिक
योजना पक्कै पनि तयार गर्नुभएको होला (म त यसमा अनविज्ञ नै छु)! हाम्रा वार्षिक योजनामा
मिशन सम्बन्धिका कति योजनाहरुलाई प्राथमिकता दिईयो र त्यसमा हाम्रो श्रोतहरूलाई
कसरी परिचालन गर्यौ ? यसको समिक्षा पक्कै पनि तपाईहरुले गर्नुभएको नै होला । मण्डली
भन्ने शब्दले यसै वास्तविकतालाई भन्दछ कि हामी संसार देखी बोलाईएकाहरु फेरि
संसारमै मिलापको सेवा गर्नेहरुको झुण्ड हौं
(Called to be “in” the
world but not “of” the world-John 15:19) । तसर्थ बदलिदो
परिस्थितिमा येशूको मिशनलाई हामीले कसरी लगिरहेकाछौ?। आज हामीलाई पहिलो
शताब्दिको मिशन इतिहासले छिट्टै नै झस्काएको होस् ।
२. देशमा आर्थिक मन्दीः परेमश्वरको चमत्कारमा म रत्ती भर पनि शंका
गर्दिन । तर वास्तविकतालाई नजारअन्दाज गर्नु पर्छ भन्ने कुरा पनि म त्यत्तिकै विश्वास
गर्दिन । तर विश्वले भोगिरहेको वास्तविकतालाई हामीले भावनामा उडाउनु पक्कै हुदैन्
। मन्दी भन्नाले कुनै पनि चिज लामो
समयसम्म सुस्त हुनु हो । देशको अर्थव्यवस्था धेरै समयसम्म सुस्त भयो
भने यसैलाई आर्थिक मन्दी भनिन्छ । देशको अर्थव्यवस्थामा लगातार दुईतिहाइले जीडीपी ग्रोथ घटिरहेको
अवस्थालाई प्राविधिक रूपमा मन्दीको नाम दिइन्छ । अझै सजिलो शब्दमा भन्दा
अर्थव्यवस्था बढ्नुको साटो घट्छ र यो घटेको घट्यै जान्छ भने देश आर्थिक मन्दीमा पुग्यो भनेर बुझ्दा हुन्छ ।
र अहिलेको वास्तविकता यही हो । गत वर्षको तुलनामा नै देशको राजस्व असुली १ खर्ब ९ अर्ब ४४
करोड रुपैयाँले कम छ । यसकै कारण
चालु आर्थिक वर्षको देशमा खर्च व्यवस्थापन गर्न र अर्को वर्षको बजेट बनाउन
सरकारलाई सकस भईरहेको अवस्था छ (onlinekhabar.com)। देशको अर्थतन्त्र
कता गईरहेको छ भन्नेकुरा कृपया गरी अगुवाहरूले पढीदिनुपर्यो। यसै प्रसङ्गलाई हेर्दै गर्दा
हाम्रो भौतिक संरचना निर्माण गर्ने कार्यलाई अब फेरी मुल्याङ्कन गर्ने बेला आएकोछ
।याद रहोस कि विश्व मण्डलिको ९५% भन्दा बढी श्रोत अचल
सम्पत्तीमा नै अड्किरहेकोछ । मिशनको कार्यमा त ३% भन्दा पनि कम हुने गर्दछ । यो छ
हाम्रो विश्व मण्डलीको कहालिलाग्दो अवस्था! अहिलेको मन्दीको अवस्थामा कयौ परीवारमा चुलो
नबल्ने समस्या कथा नभई वास्तविकता हुनेवाला छ । कति परीवारहरू महिनाको ७०००-८०००
तिरेर औषधि किनेर खाने अवस्थामा छन् ।मजदुरी गरेरे परिवार पाल्नेहरु अब काम नपायर
अतालिई रहनुभएको छ । बैकको ब्याज तिर्न नसकेर तल्लाघरे माईलादाईको घर बैंकले लिलाम
गरीदियो रे । बेसीको कान्छो पनि पोहोरसालको ऋण तिर्न नसकेर मलेशिया तिर हानिएछ । यस
विषम परिवेशमा त मण्डली आवश्यकतामा परेका हरुको दुख बाड्ने झुण्ड हुनुपर्ने होईन र
! तर हाम्रो ध्यान र मन केमा समिक्षा गरौं न। यहि वास्तविकता प्रेरितको किताब हामी सबैले
पढेका नै छौं –बाडंचुड गर्ने कुराको वास्तविकता । तर आज त्यो एकादेशको कथा जस्तो
हुनलागिसक्यो? यहि अकाट्य यथार्थहरूका बीचमा बिगत दिनहरुमा कता-कता मण्डलीमा आर्थिक विषयवस्तुलाई हरेक
शनिवारमा अलि ज्यादा सुचना गरिएन र ? त्यसलाई एकैछिन मण्डलिका अगुवाहरूले विचार
गरीदिए कति अतिशयोक्ति हुनेथियोहोला । यस्तो परिस्थितिमा मण्डलीको आर्थिक कुरालाई
लिएर पटक-पटक मण्डलिमा भनिरहुनु उपयुक्त होईन कि भन्ने मेरो सानो बिन्ति यहाँ निर
राख्न चाहे ।
३. शिक्षाको आवश्यकताः हामी मिलेर इमान्दारी पुर्वक विचार गरौं। हाम्रो मण्डलिका प्रचारका विषय
बस्तुहरुकै कुरा गर्दा के कुरामा जोड दिनुपर्छ होला । बसेर समिक्षा गर्ने बेला
आएको छ! हाम्रो मण्डलीमा वचनको शिक्षामा
कति लगानि गरेका छौं ? कति प्रतिशत श्रोत हामीले वचनको शिक्षामा खर्च गरेका छौ?
एकैछिन हामी यस विषयमा मनन गरौं न। मण्डलिको वृद्धिको पछाडी वचनको शिक्षाको भुमिका
उत्तिकै हुन्छ । यदी हामी लाखौ रकम भौतिक थोकमा गर्नसक्छौ भने पक्कै पनि त्यहि
अनुपातमा वचनको शिक्षामा गर्नसक्छौ । तर के ले हामीलाई रोकिरहेको छ? यो प्रश्न
हामी सबैका निम्ति हो । इतिहासमा मण्डलीका शहिदहरुले वचनको शिक्षाको चर्चा गर्दा
त्यसबेलाको मण्डलीले विरोध गरेको हामी कसरी भुल्न सक्छौं? तर विक्लिफ, हस र
लुथरहरूले हरेश खाएनन् । उनीहरुले रोमन क्याथोलिक मण्डलीको साम्रज्य र मानविय
शक्तिको अगाडी वचनको सत्यता घोषणा गरी नै रहे । यद्दपी ख्रीष्ट्यन धर्म भन्ने
समुहले त्यसको विरोध नै गर्यो तर पनि उनीहरुले वास्तविकता भन्न र लेख्न छोडेनन्। सबै श्रोत वचनको प्रचार र शिक्षामा व्यतित गरे ।
जसको उत्तर नै तपाई र हामीहरु हौं, र आफैलाई हामी वचनको रक्षक वा प्रोटेस्टन्ट भन्ने
अवसर पाएकाछौं । आज हाम्रो उत्सव, रमाहट क्रममा कतै कसैको चुला-बत्ती नै बल्न आफ्ठ्यारो
भईरहेको छैन ? हामी सबैले सोचौं । यो भन्दै गर्दा म आफै पनि त्यत्तिकै नै
जिम्मेवार छु । तसर्थ यदि मण्डलीको भविष्य हेर्ने हो भने अरु भौतिक थोक भन्दा
हामीले ख्रीष्टको मिशन र वचनको शिक्षामा लगानि गर्नै
पर्छ।
परेमश्वरले हामीहरू सबैलाई सहायता गर्नुभएको होस् ।
हर्के
सुर्खेत